Date

मङ्ल, जेष्ठ ८, २०८१
Tue, May 21, 2024

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ८० करोडको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ८० करोडको कारोबार

काठमाडौं, १८ वैशाख । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २५ दशमलव ९३ अंकले बढेर २ हजार ६ दशमलव २८ को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका ३२० कम्पनीका १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ८० करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने इन्फीनिटी लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ भने सर्वाधिक कारोबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको भएको छ । बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x