Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

 नेपाल भारत पारवाहन सन्धि परिमार्जन गर्न उद्योगी व्यापारीहरुको सुझाब

 नेपाल भारत पारवाहन सन्धि परिमार्जन गर्न उद्योगी व्यापारीहरुको सुझाब

विराटनगर, २० असार ।  नेपाल भारतबीचको पारवहन सन्धिलाई  परिमार्जन गर्न  उद्योगी व्यापारीहरुले सुझाव दिएका छन् । उद्योग वाणिज्य तथा आपर्र्ति मन्त्रालयले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरमा आयोजना गरेकेा नेपाल भारत पारवहन सन्धि बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सन्धि परिमार्जनको सुझाब दिएका हुन ।

उनिहरुले नेपाल भारत बीचको सन्धि प्रत्येक ७-७ बर्षा पुनरावलोकन गरिएपनि अझपनि नेपाली उद्योगी व्यापारी मैत्री हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले पारवहन सन्धिमा भएको असमानताका कारण नेपालको व्यापार घाटा बर्षोनी बढ्दै गएकोले समयसापेक्ष परिमार्जन गर्न आग्रह गरेका थिए । उद्योगी व्यापारीहरुले सन्धिमा व्यवस्था भए अनुसार प्लाण्ट क्वारेण्टाइन स्थापना हुन नसकेको र तेश्रो मुलुकबाट आयात निर्यात गर्दा व्यवसायीले अनावश्यक झंझट र बढी मुल्य तिर्नुपरिरहेकेा गुनासो गरे ।

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपर्ुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि परिमार्जन गर्ने बिषयमा नेपाल भारतका प्रधानमन्त्री र सचिवस्तरमा उठिसकेकाले उद्योगी व्यापारीबाट संकलित सुझाव अनुसार आगामी एजेण्डा बनाईने जानकारी दिए । कार्यक्रममा एक नम्बर प्रदेशका उद्योगी व्यापारीहरुको सहभागिता रहेकेा थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x