Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छः अध्यक्ष ढकाल

सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छः अध्यक्ष ढकाल

काठानडाैं, २० वैशाख ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सुचना प्रविधिकाे क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बोल्दै उनले यस्तो बताएका हुन्।

कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्नसके कारोबार पारदर्शी हुने भन्दै उनले सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए। आइटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको उनकाे भनाइ छ।

अध्यक्ष ढकालले आइटी क्षेत्र कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको क्षेत्र भएको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x