Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं, २३ वैशाख । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ। लाभांश संशोधन पछि इन्स्योरेन्सले चुक्ता पूँजीको कुल २६ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सोमध्यमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ। यसअघि भने इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९ दशमलव ५० प्रतिशत नगद गरी कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

इन्स्योरेन्सले प्रस्तावित बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो। इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको हो। उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x