नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, २३ वैशाख । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से २४ दशमलव ५८ अंकले घटेर १९७४ दशमलव ३७ विन्दुमा बन्द भएको हो ।
आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७९ करोड ५७ हजार रुपैयाँमा झरेको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समता लघुवित्त, साधना लघुवित्त र दोल्ती हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।