Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

हिमालयन बैंकद्वारा जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग

हिमालयन बैंकद्वारा जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग

काठमाडौं, २३ वैशाख । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

प्रहरीको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला सो सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x