Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

मुक्तिनाथ विकास बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं, २४ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x