Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

१० प्रतिशत घट्यो ब्रोकर कमिसन, जेठ १ गतेदेखि लागु हुने

१० प्रतिशत घट्यो ब्रोकर कमिसन, जेठ १ गतेदेखि लागु हुने

काठमाडौं, २४ वैशाख । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) १० प्रतिशतले घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी कमिसन घटाएको बोर्डले जनाएको हो ।

२०८० जेठमा बोर्डका तत्कालीन अध्यक्षरमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन समिति गठन गरेका थिए । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ संयोजक रहेको उक्त समितिले ब्रोकर कमिसन १० प्रतिशत घटाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x