Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

झिनो अंकले घट्यो नेप्से परिसूचक

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, २६ वैशाख । साताको कारोबारको चौथो दिन आज नेप्से झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक शून्य दशमलव २१ अंकले घटेर १९९० दशमलव ६० को विन्दुमा पुगेको हो ।

बुधबार ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x