Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जुम्लामा ३ दिने निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

जुम्लामा ३ दिने निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

काठमाडौं, २१ असार । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा यहि आसार १६, १७ र १८ गते तीन दिने स्वास्थ्य शिविर संचालन गरिएको बैंकले जानकारी दिएको छ ।

स्वास्थ्य शिविरमा आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११ सय ४५ जनाको स्वास्थ्य परिक्षण गराएको बैंकले जानकारी दिएको छ । जसमा करिव १ हजार जनाको आँखा परिक्षण गरिएकोमा सय जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकलेनै गरिदिएको थियो ।

सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य वरावरको औषधि हस्तान्तरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x