छिमेक लघुवित्तको नाफामा उल्लेख्य गिरावट
काठमाडौं, २८ वैशाख । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट भएको छ ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब २६ दशमलव ९ प्रतिशतले घटेको हो ।
तेस्रो त्रैमाससम्ममा लघुवित्तले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष दुई अर्ब ११ करोड ७० लाख रहेको थियो ।