Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बाराको निजगढमा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा संचालनमा

बाराको निजगढमा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा संचालनमा

काठमाडौं, २१ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पर्साको विरगञ्ज लिंकरोडमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक (साबिकको एस डेभलपमेण्ट बैकं) को शाखालाई बाराको निजगढमा स्थानान्तरण गरि संचालनमा ल्याएको हो ।

२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा बैंकले लिइएको छ । हाल आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको १ सय वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x