Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२ दशमलव २१ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२ दशमलव २१ प्रतिशतले बढ्यो

काठमाडौं, ३० वैशाख । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा २ दशमलव २१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा २२ दशमलव २१ प्रतिशतले बढेर ६० करोड ३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *