लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं, ३० वैशाख । नेपालको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानी शिक्षा दिने काममा ब्रोकर कम्पनीहरू सक्रिय बनेका छन् । यसै क्रममा शनिवार काठमाडौँमा ब्रोकर नं. ५ ले धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका निर्देशक ऋषि राम पण्डित र ब्रोकर नं ०५ का अध्यक्ष पूर्णमान सिंह डङ्गोलले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेको सो कार्यक्रम निकै सार्थक रहेको सहभागीले बताएका छन् । कार्यक्रमका अतिथिहरूमा वित्तीय सल्लाहकार सुन्दर रायमाझी , कन्टेन्ट क्रिएटर कलाकार तथा डिजिटल एडुकेटर संजोक कोइराला , शेयर बजार विश्लेषक केशव कोइराला , नारायण भक्त श्रेष्ठ रहेका थिए।
सो कार्यक्रममा बोल्दै केशव कोइरालाले नयाँ आइपिओ ल्याउँदा प्रतिफल दिने खालको आइपिओ ल्याउनुपर्ने बताए । राज्यलाई बजार बढेको बेला बढी र बजार घटेको बेला कम राजस्व योगदान गरेको नेपाल धितोपत्र बोर्डका निर्देशकले बताए। शेयर बजार र लगानी सम्बन्धी संजोक कोइराला , ऋषि राम पण्डित, सुन्दर रायमाझीले प्रस्तुतीकरण मार्फत कसरी लगानी गर्ने , लगानी गर्नुको फाइदादेखि सतर्कता अपनाउने विधिसम्म बताएका थिए । उनीहरूले शेयर बजारमा बुझ्नु पर्ने महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरेका थिए ।