Shangrila

बजेटसँग सम्वन्धित विधेयक पारित

हेटौडाँ, २२ असार ।  प्रदेश नं ३ को प्रदेशसभा बैठकले आर्थिक बर्ष ०७५ । ०७६  को बजेटसँग आश्रित २ विधेयक पारित गरेको छ । बैठकले अर्गमन्त्री कैलाश ढुङ्गेलले पेश गरेको आर्थिक विधेयक २०७५ तथा कर र गैरकर राजश्व विधेयक २०७५ बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिमा रामेश्वर फुयाँल, कञ्चन खनाल, केशवराज पाण्डे, मीना ज्ञवाली, रमेश पौडेल, राधा घले र सुरेन्द्रराज गोसार्इँ रहनुभएकामा स्वीकृति प्रदान गरेको छ ।

बैठकमा सदस्य न्हुछेनारायण श्रेष्ठले ३ नं प्रदेशसभा नियमावली २०७४को नियम २१६ को उपनियम ३ बमोजिम प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गर्नेबारे राख्नुभएको र मुनु सिग्देलले समर्थन गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृति प्रदान गरेको थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *