Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कर्मचारीको अनिवार्य अवकाश उमेरको हद् ६० पुर्याउन अर्थको राय

कर्मचारीको अनिवार्य अवकाश उमेरको हद् ६० पुर्याउन अर्थको राय

काठमाडौ,२२ असार ।  सहमतीका लागि अर्थ मन्त्रालयमा पठाएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको  विधेयकमा अर्थले कर्मचारीको अवकासको उमेरहद बढाउन सुझाब दिएको छ ।

अवकास उमेर ६० बनाउनु पर्ने कतिपय कर्मचारी संघ संगठन र लोकसेवाको सुझाब रहेपनि सामान्य प्रशासन मन्त्री लाललबावु पण्डितले नयाँलाइ अवसरबाट बन्चित गर्न नहुने भन्दै कर्मचारीको अवकास उमेर ५८ नै कायम गर्नु पर्ने अडान लिए पछि विधेयकको मस्यौदामा ५८ नै कामय गरि सहमतीका लागि अर्थमा पठाइएको थियो ।

यता अर्थ मन्त्रालयले भने सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको बताएको छ ।

विधेयकमा यसअघि ५८ बाट ६० वर्ष उमेरको हदबन्दी राखिएको थियो । पछि पुनः ६० वर्षलाई हटाएर ५८ वर्ष कायम गरिएको थियो । तर अहिले पुनः अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको सहमतिपत्रमा ६० वर्ष उमेर हदबन्दी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तो छ तर्क

अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परामर्श सहित पठाएको  विधेयकमा निवृत्तिभरणमा थपिँदै गएको बोझ, औसत आयुमा भएको वृद्धि सबै तह र सेवामा देखिएकाले अवकासित उमेरको विविधता, प्रदेश तथा स्थानीय तहको नयाँ संरचनाअनुसार अनुभवी कर्मचारीको आवश्यकता परेको भन्दै विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष राख्न पर्ने सुझाब दिएको बताएको छ ।

विगतमा के थियो ?

अनिवार्य अवकाश उमेरहद पनि हामीकहाँ हचुवाका आधारमा तय भएको देखिन्छ। देशको आर्थिक अवस्था, दक्ष जनशक्तिको उपलब्धता, बेरोजगारीको अवस्था र नागरिकको औसत आयुलाई नै मुख्य आधार मानेर यो हद कायम गरिनुपर्ने हो। पहिलो जनगणना १९६८ मा हाम्रो औसत आयु ४६ वर्ष थियो। उमेरहद ६० थियो। २०१८ मा औसत आयु ५२ वर्ष पुग्यो। २०२१ मा उमेर हद ६३ वर्ष पु¥याइयो। २०३३ मा घटाएर ६० बनाइयो। २०४९ मा नयाँ निजामती सेवा ऐनमार्फत अवकाश उमेर ६० बाट घटाएर ५८ वर्ष पु¥याइयो। २०४७ मा बहुदलीय व्यवस्था आएकोले पञ्चायती मानसिकताका कर्मचारीलाई सहजै हटाउने उपायका रूपमा उमेर हद २ वर्ष कम गरिएको थियो। जबकि यति बेला नेपालीको औसत आयु ५२ वर्ष थियो।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालीको औसत आयु महिलाको ६७ र पुरुषको ६५ वर्ष पुगेको छ। हाल सालाखाला ७० कै आसपासमा पुगेको विभिन्न तथ्यांकले देखाएका छन्। आगामी वर्षमा औसत उमेर अझ बढ्दै जाने देखिन्छ।

यस्तो छ देश भित्रै उमेरहद्को विविधता

स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीहरूको उमेर हद ६० वर्ष छ

निजामतीको ५८ हुनुमा तात्विक कारण केही देखिँदैन।

विद्यालय शिक्षक उमेर हद ६० वर्ष

विश्वविद्यालयका प्राध्यापकको उमेर ६३

सर्वोच्च अदालतका न्यायाधीशको अनिवार्य अवकाश उमेर ६५ वर्ष

विभिन्न देशमा अवकाश उमेर

भारतमा अप्राविधिकको ६० र प्राविधिकको ६५,

पाकिस्तान, मालदिभ्स, श्रीलंका र अफगानिस्तानमा ६० वर्ष,

भूटानमा ६५ तथा बंगालादेशमा ५९ वर्षको उमेरहद कायम छ।

चीन, जापान, मलेसियालगायतका एसियाका देशमा ६० वर्ष,

फ्रान्स र सिंगापुरमा ६२ वर्ष,

जर्मन, नेदरल्यान्ड र स्वीट्जरल्यान्मा ६५ वर्ष तथा

नर्वे र अमेरिकामा ६७ वर्ष छ

विद्यमान निजामती सेवा ऐन २०४९ को दफा ३३ ले निजामती कर्मचारीहरूको अनिवार्य अवकाश उमेर ५८ वर्ष तोकेको छ। हाल लगभग ८८ हजार कर्मचारी छन्। संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारका लागि अझै ४० हजारको हाराहारीमा थप कर्मचारी आवश्देयक देखिन्छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x