Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीयतहलाई हस्तान्तरण गरियो सुनसशरीका सहकारी

स्थानीयतहलाई हस्तान्तरण गरियो सुनसशरीका सहकारी

सुनसरी २२ असार । सुनसरी जिल्लामा सन्चालन हुँदै आएका सहकारी संस्थाहरुलाई विहिवारदेखी सम्वन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

जिल्लामा सन्चालित ६ सय ७५ सहकारी संस्थाहरु मध्ये एकमात्र स्थानीय तह कार्यक्षेत्र भएका ५ सय ५३ ओटा सहकारी संस्थाहरुलाई सम्वन्धित स्थानीय तहमा हस्तान्तरण भएका छन् । एक सय २२ ओटा संस्थाको भने कार्यक्षेत्र एकभन्दा वढि स्थानीय तह रहेकाले ती संस्थाहरुलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको सहकारी प्रशिक्षक योगराज धमलाले जानकारी दिनु भयो ।

जिल्लाका १२ स्थानीय तह मध्ये सवैभन्दा वढि १ सय ५८ ओटा संस्था इटहरी उपमहानगरपालिकामा सन्चालन हुँदै आएका छन् । भने  सवैभन्दा कम कोशी गाउँपालिकामा २३ ओटा सहकारी संस्थाहरु सन्चालन हुँदै आएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवाले जिल्लाका स्थानी तहका सहकारी हेर्ने कर्मचारी तथा पदाधिकारीहरुलाई सहकारी संघ संस्था नियमन सम्वन्धि २ दिने अनुशिक्षण दिएर संघ संस्थाहरु हस्तान्तरण गरिएको हो  ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x