९ महिनामा प्रदेश सरकारको कुल खर्च ७८ अर्ब १३ करोड
काठमाडाैं, ४ जेठ । चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.७८ अर्ब १३ करोड रूपैयाँ रहेकाे छ भने स्रोत परिचालन रु.१३२ अर्ब २८ करोड रहेको छ ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९८ अर्ब २९ करोड रुपैयाँ रहको छ ।
त्यस्तै सातै प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३३ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।