सरकारकाे खातामा ३ खर्ब १३ अर्ब ७२ करोड नगद मौज्दात
काठमाडाैं, ४ जेठ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारकाे खातामा (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) गरी रु.३ खर्ब १३ अर्ब ७२ करोड नगद मौज्दात रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार सरकारकाे खातामा उक्त नगद माैज्दात रहेकाे छ ।
२०८० असार मसान्तमा यस्तो मौज्दात रु.६५ अर्ब ३६ करोड रहेको थियो।
यता नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा नेपाल सरकारको कुल खर्च रु.९०९ अर्ब ३९ करोड भएको छ ।
सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा चालु खर्च रु.६४४ अर्ब ३ करोड, पूँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड रहेको छ ।