Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

साताकाे सेयर बजारः ५२.५३ अंकले बढेर २०१८ विन्दुमा नेप्से

साताकाे सेयर बजारः ५२.५३ अंकले बढेर २०१८ विन्दुमा नेप्से

काठमाडाैं, ५ वैशाख । यस साता सेयर बजार सकारात्मक देखिएकाे छ । यस साता सेयर बजार ५२.५३ अङ्कले बढेर २०१८ दशमलव ७६ विन्दुमा पुगेकाे छ ।

आइतबार ८.२६, सोमबार २४.३९, मंगलबार २८.६२ र बिहीबार ०.७९ अंकले बजार बढेको थियो । बुधबार भने ९.५४ अंकले घटेको थियो । पाँच दिनमा दैनिक औसत ३ अर्ब ७१ करोड ८९ लाखका दरले कुल १८ अर्ब ५९ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको ४ करोड ४० लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा ८३ अर्ब ४६ करोडले बढेर ३२ खर्ब १ अर्ब १६ करोडमा बढोत्तरी भएको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x