Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

सुनचाँदीकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, ६ वैशाख । नेपाली बजारमा आइतबार सुनचाँदीकाे मूल्य बढेकाे छ । गत शुक्रबार ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा १ हजार ६०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । गत बिहिबार  सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ४० हजार पुगेको थियाे ।

यस्तै तेजावी सुन आज प्रतिताेला १ लाख ४० हजार २०० रूपैयाँ निर्धारण भएकाे छ । शुक्रबार तेजावी सुन प्रतिताेला १ लाख ३८ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x