Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

साेमबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, दिनदिनै नयाँ रेकर्ड कायम

साेमबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, दिनदिनै नयाँ रेकर्ड कायम

काठमाडाैं, ७ जेठ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा १ हजार ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार ९०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजाे आइतबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ९०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुन आज प्रतिताेला १ लाख ४१ हजार १०० रूपैयाँ निर्धारण भएकाे छ । आइतबार तेजावी सुन प्रतिताेला १ लाख ४० हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ ।  हिजाे प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९४० पुगेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x