नेपाल पुनः उडान सुरु गरेको थाई एयरवेजको सन्तुष्टि
काठमाडौं, ११ जेठ । थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक जानकारी गराएको छ । कोभिड महामारीका कारण मार्च २०२२ मा एयरलाइन्सले सेवा रोकेको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ बाट नेपालमा उडान पुनः सुरु गरेको हो ।
एयरवेजको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस नेपालको लागि जेनरल सेल्स एजेन्ट(जीएसए) रहेको छ ।
थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानबाट नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्तपछि कम्पनीले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।
हालथाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । हाल थाई एयरवेजसँग कूल ७३ विमान छन्, जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।