Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

सुनकाे मूल्य ताेलामा ३०० र चाँदी २५ रूपैयाँले बढ्याे

सुनकाे मूल्य ताेलामा ३०० र चाँदी २५ रूपैयाँले बढ्याे

काठमाडाैं, १४ जेठ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य प्रतितोला ३०० र चाँदी प्रतिताेला २५ रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ३७ हजार २०० रुपैयाँ  र तेजावी सुनकाे मूल्य प्रतिताेला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएकाे छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार ३५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको छ । हिजो आइतबार १८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १८ सय ८० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x