Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

आईसिएफसि फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडाैं, १४ जेठ । आईसिएफसि फाइनान्स लिमिटेडले तिस करोड रुपैयाँ बराबरको ऋणपत्र “९% आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८” निष्काशन गर्ने भएको छ ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन्।

उक्त सम्झौता पत्रमा आईसिएफसि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x