Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

यस साता ८.२५ अङ्क बढ्यो नेप्से

यस साता ८.२५ अङ्क बढ्यो नेप्से

काठमाडाैं, २६ जेठ । याे साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सामान्य अंकले बढेकाे छ । यस साताको पाँच दिन कारोबार हुँदा २ दिन बढेकाे बजार ३ दिन घट्न पुग्याे।

सातामा ८.२५ अङ्कले बढेको नेप्से परिसूचक २०७७.७८ विन्दुमा पुगेर बन्द भएको छ ।गत साताको अन्तिम कारोबार दिन नेप्से २०६९.५३ विन्दुमा रोकिएको थियाे ।

यस साता पाँच दिनमा ४ करोड ७ लाख ३७ हजार ५७२ कित्ता शेयर कारोबार हुँदा २० अर्ब ५९ करोड ३५ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएकाे छ।

साताको पहिलाे कारोबार दिन आइतबार १३ अङ्कले बढेर बजारले सकारात्मक सुरुवात गरेको थियो ।त्यस लगत्तै सोमबार ३.९७ अंकले घट्रन पुग्याे । मंगलबार पुनः बजार ६.२२ अंकले बढेको थियो भने बुधबार ५.५८  र बिहिबार १.९३ अंकले घट्न पुग्याे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x