Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भण्डारण क्षमता विस्तार नहुँद ट्यांकर थप्न समस्या

भण्डारण क्षमता विस्तार नहुँद ट्यांकर थप्न समस्या

काठमाडौ,२४ असार । नेपाल आयाल निगमको डिपोको भण्डार क्षेमता नबाढएसम्म नयाँ टयाँकर थप्न नसकिने व्यवसायीहरुले बताएका छन् । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको शनिबार मणिग्राममा भएको १२औं वार्षिक साधारणसभामा ब्यवसायीहरुले नेपाल आयल निगमको मुलुकभर रहेका डिपोको भण्डारण क्षमता बढाउन माग गरेका छन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले ४० वर्ष पहिले बनाइएको नेपाल आयल निगमको डिपोको भण्डारण क्षमता नबढाउँदासम्म नया ट्यांकर थप्न  समस्या हुने भएको भन्दै भण्डारण क्षमता बढाएर मात्र  थप नयाँ ट्यांकर ल्याउन निगम गम्भीर हुनुपर्नेमा सुझाब निगमलाइ दिएका छन्।

यस्तो छ भण्डराण अवस्था

हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यासको सञ्चिति चार दिनका लागि मात्र छ । मागअनुशार पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’मा झर्ने सम्भावना छ । बढ्दो जनसंख्या र सवारीसाधनको चाप, निर्माण भइरहेको र निर्माणको क्रममा रहेका जलविद्युत् आयोजना, भौतिक पूर्वाधार निर्माणलगायत प्रयोजनमा बर्सेनि इन्धन खपत बढ्दै गएको छ । तर, त्यस अनुपातमा भण्डारण गृहको क्षमता विस्तार गरिएको छैन । नेपालमा अन्तिमपटक आर्थिक वर्ष २०५५/५६ मा एसियाली विकास बैंकको सहयोगमा अमलेखगन्ज, थानकोट र पोखराको डिपोको ३० हजार किलोलिटरको भण्डारण गृहको स्तरोन्नति गरी ७० हजार किलोलिटर क्षमताको बनाइएको थियो । त्यसपछि भण्डारण गृहको क्षमता स्तरोन्नति भएको छैन । खाना पकाउने ग्यासको भण्डारण गृह सरकारसँग छँदै छैन ।

के छ निगमको योजना ?

पछिल्लोपटक भारतले लगाएको पाँचमहिने नाकाबन्दीबाट पाठ सिकेर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले इन्धन भण्डारण गृह निर्माण र क्षमता विस्तारको मुद्दा उठाएको थियो । त्यसपछि पुष्पकमल दाहाल सरकारले वार्षिक बजेट तथा कार्यक्रममै ९० दिन पुग्ने गरी इन्धनको भण्डारण गृह निर्माण गर्ने समावेश गरेका थिए । सोही नीतिअनुसार निगमले प्रादेशिक संरचनाअनुसार इन्धन भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि चीनियमा सरकारको सहयोगको अपेक्षा गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x