Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बिजुलीको भाउ बढाउने भारतको प्रस्ताव प्रधिकरणद्धारा अस्वीकार

बिजुलीको भाउ बढाउने भारतको प्रस्ताव  प्रधिकरणद्धारा अस्वीकार

काठमाडौ,२४ असार ।  भारतीय पक्षले नेपालमा निर्यात भइरहेको बिजुलीको भाउ बढाउन राखेको प्रस्ताव नेपालले अस्वीकार गरेको छ । भारतले २० प्रतिशत सम्म बिजुलीको भाउ बडाउने प्रस्ताव  राखेको छ । भारतमा सम्पन्न दुईपक्षीय बैठकमा भारतको बिहारबाट खरिद हुँदै आएको विद्युतमा १५ देखि २० प्रतिशत मूल्यवृद्धिको प्रस्ताव भारतीय पक्षले गरे पनि नेपाले त्यसलाइ अस्विकार गरेको नेपाल विद्युत प्राधिकरणक प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । नेपालले भारतबाट खरिद गर्दै आएको करिब ४ सय ५० मेगावाट सम्मको विद्युत मध्ये ३ सय मेगावाट बिहारबाट खरिद गर्दै आएको छ।

१३२ केभिए क्षमताको प्रशारण लाइन मार्फत खरिद गर्ने विद्युतको मूल्य  प्रति युनिट ५ रुपैया ५५ पैसा भारु र ३३ केभिए क्षमताको प्रशारण लाइनबाट खरिद भएको विद्युतको मूल्य ६ रुपैंया भारु रहेको छ।जुन मूल्य पहिले नै बढी भएको भन्दै नेपालपक्षले त्यसलाई घटाउन माग गरिरहेका बेला भारतीयपक्षले मूल्य वृद्धिको प्रस्ताव गरेको थियो ।

नेपालले प्रस्ताव अस्वीकार गरेपछि महसुल दरमा संशोधनका लागि  छलफल तिन महिना पछि बस्ने बैठकलाइ सरेको छयदी अर्को बैठकमा अहिलेकै मूल्यमा विद्युत दिन भारत तयार नभएमा डेढ अर्ब बराबरको थप भार विद्युत प्राधिकरणलाई पर्न देखिन्छ । गत वर्षको ११ महिनामा नेपालले भारतबाट १३ अर्ब रुपैंया बराबरको विद्युत खरिद गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x