Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

जनैं र धागोमा समेत परनिर्भरता, बार्षिक १ अर्व बढीको जनै आयत  

जनैं र धागोमा समेत परनिर्भरता, बार्षिक १ अर्व बढीको जनै आयत  

काठमाडौ, २३ असार ।  रक्षा बन्धन नजिकिदै गर्दा नेपालले बार्षिक  १ अर्व रुपैयाँको बढीको जनै आयत गर्ने गरेको तथ्याङक बहिर आएको छ ।  हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै गत बर्षमात्र चीनबाट  १ अर्ब रुपैयाँको नेपालआयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको जनाएको छ । केन्द्रका अनुसार हरेक वर्ष १ अर्ब रुपैयाँको जनै चीनबाटमात्र  आयात भइरहेको छ  यसै गरी भारतबाट पनि धेरै परिणाममा नेपालीले प्रयोग गर्ने जनै आयात हुदै आइरहेको छ ।

विशेषगरी, जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार अत्यधिक रहेको र जनाइ बनाउने प्रचलन कम हुदै गएकाले बाह्य उत्पादको भर पर्नुपर्ने अवस्था आएको ब्यावसयीहरु बताउछन् ।    जनैपूर्णिमाको दिन पशुपतिनाथलगायत धेरै स्थानमा ठूलै भीडभाड हुने गर्छ । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार पूर्णिमाको दिन जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । खासगरी ब्राह्मण तथा क्षत्रीहरूले १ महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहेको नेपाल ज्योतिष परिषद्ले जनाएको छ । तर ब्यापारीक प्रयोजन भन्दा कतिपय  घरमा लगाउनलाइ मात्र यो जनै बाटने प्रचलनले गर्दा विदेशी जनैको भर पर्नु परेको हो ।  विदेशबाट आयातित मात्र होइन,  विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट जनै बनाउने कार्य बढ्दै गएको छ । बजारमा   प्रतिगोटा जनैको मूल्य १० रुपैयाँ रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x