Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

उद्योग बेच्नका लागि होइन उद्योग खोल्नका लागि निजिक्षेत्रसँग सहकार्य हुन्छ –प्रधानमन्त्री ओली

उद्योग बेच्नका लागि होइन उद्योग खोल्नका लागि निजिक्षेत्रसँग सहकार्य हुन्छ –प्रधानमन्त्री ओली

काठमाडौ,२३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अठोट पुरा गर्न निजि क्षेत्रसँग सहकार्य गरिने बताएका छन् । नेपाल उद्योग परिसंघको १५ औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योगमैत्री बनाउन इच्छुक रेहेको बताएका हुन। विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा परेको छ। हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर सहकार्य उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि हो । प्रधानमन्त्री ओलीले भने, उनले उद्योगी व्यवसायीलाई समेटेर सरकारले सल्लाहकार समूह गठन गर्न लागेको जानकारी दिए ।

उद्योगलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय उत्पादन गर्न प्रोत्साहन गरिने ओलीको भनाइ थियो  । स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुन सक्ने बताउँदै ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने हुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताए।

दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकाले निर्यातजन्य वस्तुको उत्पादन तर्फ ब्यवसायी लाग्नु पर्नेमा प्रधामन्त्रीको जोड थियो । छिमेकमा विगतमा भएका केही तिक्तता पनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब कुनै पनि काम गर्दा चाकडी र थैलीको  भूमिका नहुने स्पष्ट पार्दै भने व्यावशायीहरुका कामका लागि कानुनी अफ्ठ्यारा,कर्मचारीको अवरोध र ढिलासुस्ती  भए सरकारलाई भन्नुहोस । “यस्ता केही झन्झटहरु भए सरकारले त्यसलाई फुकाउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु पनि इमान्दार कारोबार गर्नुहोस । सरकारले गर्नु पर्ने काम के छन् ल्याउनुहोस छलफल गरौं । सबै मिलेर देश बनाऔं” ओलीले भने ।

यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको सम्मान जनक प्रर्वद्धन, लगानीमैत्री वातावरणको निमार्ण, जिम्मेवारी एवं नवप्रवर्तन सहितको कार्यक्षमताको विस्तार गर्नु पर्नेमा जोड दिए । साथै भारत र चीन जस्ता मुलुकमा निकासीका लागि लगानी उत्पतीको प्रमाणपत्र जारी गर्ने अधिकार प्रदान गर्न पनि आग्रह गरे ।

सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालबाट तेस्रो मुलुकमा निकासी हुने निर्यात योग्य बस्तुको प्रवद्र्धनमा महत्वपुर्ण योगदान पु्याउने ४ संस्थाका उद्योगी तथा निर्यातकर्ताहरुलाई सम्मान समेत पनि गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x