Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मुस्ताङमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

मुस्ताङमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौ,२२ असार ।  मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  दुर्घटनामा परि मृत्यु हुनेहरुमा सडक निर्माणमा खटिएका मजदुर रहेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर अपराह्न दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई पोखरा अस्पतालामा  पठाइएको  छ ।   ५ जनालाइ मुस्ताङ्क सदरमुकामा जोमसोम अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिएका छन् । घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ ।मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ ।

मृत्यु हुने मध्ये १८ को सनाखत

मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् । त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् । यस्तै धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया विनीता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसद्धारा दु:ख ब्याक्त

यसै बीच मुस्ताङको स्याङ्बोचे सडक निर्माणमा खटिएका मजदुरहरु चढेको टिपर मुस्ताङको भेङ्जामा दुर्घटना हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन गएको र १० जना सख्त घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । पाटी मुख्य सचिव कृष्ण पौडेलद्धारा जारि विज्ञाप्तिमा घटनामा परेका मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ र  घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ भनिएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x