Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिन्धुपाल्चोकको पिस्करमा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा संचालनमा

सिन्धुपाल्चोकको पिस्करमा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा संचालनमा

काठमाडौं, २२ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिन्धुपाल्चोकको पिस्करमा शाखा कार्यालय विस्तार गरेको छ । यो बैंकको ७३ औं शाखा कार्यालय हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार सो स्थानमा शाखा विस्तार गरेको जानकारी दिएको छ । आठ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकले हाल ७३ शाखा सहित १ सय वटा एटिएम र ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्नो सेवा दिदै आएको छ ।

त्यस्तै बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x