Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

भूकम्प गएको ३८ महिनामा पुनर्निर्माणको ५० प्रतिशत काम पनि सकिएन, प्राधिकरणको सिईओ भने पाँचौ पटक फेरिए

भूकम्प गएको ३८ महिनामा पुनर्निर्माणको ५० प्रतिशत काम पनि सकिएन, प्राधिकरणको सिईओ भने पाँचौ पटक फेरिए

मानमती पाण्डेय
काठमाडौं, २२ असार । नेपालमा महाभुकम्प गएको ३८ महिना वितिसक्दा पनि पुनर्निर्माणको कामले अझै आशातित गति लिन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार तीन वर्षको अवधीमा पुनर्निर्माणको ५० प्रतिशत काम पनि सकिएको छैन ।
महाभूकम्पबाट धार्मिक सम्पदा, निजी आवास, सरकारी कार्यालय तथा भवनहरु ध्वस्त हुनुका साथै ठुलो धनजनको पनि क्षति भएको थियो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका करिब ७ लाखभन्दा बढी परिवारहरू घरबारविहीन भएको सरकारको तथ्यांक छ । उपत्यका बाहेक ११ जिल्लाका ५ लाख ३३ हजार ५८ आवासहरु पुनर्निर्माण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निजी आवासका लागि अनुदान सम्झौता गरेका ७ लाख २० हजार ७ सय ४३ लाभग्राही मध्ये ५ लाख ७ सय ४० जनाले घर निर्माण शुरु गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार १ लाख ९४ हजार ७ सय ३३ घरहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५ लाख ७ सय ४० घरहरु पुनर्निर्माणकै क्रममा छन् । जम्मा ७ लाख ८८ हजार १५ जना लाभग्राहीको सुचीमा परेका छन् भने ३६ हजार २ सय ८८ जना प्रवलीकरण सुचीमा परेका छन । अनुदान सम्झौता सम्पन्न लाभग्राही मध्ये ७ लाख १२ हजार १३ जनाले पहिलो किस्ता लिएका छन भने ४ लाख ५७ हजार ५ सय ३६ जनाले दोस्रो किस्ताका लागि प्रमाणीकरण र २ लाख १२ हजार ७ सय १९ जनाले तेस्रो किस्ताका लागि प्रमाणीकरण गराएको जनाएको छ । भूकम्प प्रभावित लाभग्राहीले पहिलो किस्तावापत ५० हजार रुपैयाँ, दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ पाउछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउने व्यवस्था छ । निजी आवास पुनर्निर्माणका निम्ति तीन किस्तामा तीन लाख रुपैयाँ पाउने छन् । त्यस्तै प्रतिआवास तीन लाख रुपैयाँको निव्र्याजी ऋण सहुलियत दिने घोषणा पनि सरकारले गरेको थियो । तर उक्त घोषणा पनि कार्यान्वयन भएको छैन ।

आवास पुनर्निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या भएको राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए । उनले भने ‘यहाँ गुठीका विशिष्ट समस्या छन, कैयौं निजी गुठी छन जुन कतै दर्ता छैनन । ’उहाँले पुनर्निर्माणमा स्थानीय तहलाई अगुवाई गर्न दिनुपर्ने भन्दै भूकम्प पीडितलाई फास्ट ट्रयाकबाट नक्सा पासको सुविधा, नक्सा पास गर्दा सहुलियत दिन स्थानीय तहलाई आग्रह पनि गरे । साथै उनले इन्जिनियरको लापरबाहिका साथ साथै दक्ष जनशक्ति तथा निमार्ण सामाग्रीको अभावमा पनि निजी घर निमार्ण कार्यले गति लिन नसकेको बताए ।

निमार्ण कार्यको समय सिमा तोकिसके पछि कामले गति लिएको उनको भनाइ छ । दोस्रो किस्ता लिने लाभग्राहीका लागि असार मसान्त र तेस्रो किस्ता लिने लाभग्राहीका लागि पुष मसान्त सम्म समय सिमा तोकेको पनि उनले जानकारी दिए । साथै यसै आर्थिक बर्ष भित्र ५० प्रतिशत काम सम्पन्न गरी आँउदो चैत्र मसान्त सम्म निजी आवासको काम पुरा गर्ने लक्ष्य लिएको उनले बताए ।

गतबुद्यबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुर्नजाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी भूकम्प अति प्रभावित मध्ये ११ जिल्लाका ६२ वटा स्थानीय तहको थप १९ हजार ४ सय ७१ घरपरिवारलाई पुर्निर्माण लाभग्राही र १५ हजार ७ सय ६६ घरपरिवारलाई प्रबलिकरण लाभग्राहीमा समावेश गरेको पनि प्राधिकरणले जानकारी दियो ।

उक्त पुर्निर्माणको कामले गति लिन नसकेपनि भूकम्प पछिको पुर्निर्माणका लागि गठन भएको प्राधिकरणको नेतृत्व भने पटक—पटक परिर्वतन भइरहेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारले अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियूक्ती खारेज गरेसँगै प्राधिकरण गठन भएको तीन वर्षमा ५ औं पटक सीईओ परिर्वतन भएको छ । सरकार फेरिएसँगै सिईओ परिवर्तन गर्ने खेलले पनि पुननिर्माणमा समस्या सृजना गरेको विज्ञहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x