जेठ मसान्तसम्ममा ९ खर्ब १९ अर्ब मात्र राजस्व संकलन
काठमाडाैं, २ असार । चालु आर्थिक वर्षकाे ११ महिनामा ९ खर्ब १९ अर्ब १९ कराेड रुपैयाँ राजस्व संकलन भएको छ ।चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा ६४.६२ प्रतिशत मात्र राजस्व संकलन भएकाे हाे ।
जेठ मसान्तसम्म कर राजस्वबाट ८ खर्ब २९ अर्ब रुपैयाँ, गैरकरबाट ९० अर्ब १५ करोड तथा बेरुजु असुली अन्य प्राप्तिबाट २२ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य पूरा गर्न यस सरकारले असारमा मात्रै ४ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गर्नु पर्ने दवाब देखिन्छ ।