Date

बिहि, कार्तिक २२, २०८१
Thu, November 7, 2024

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्बको बजेट, सबैभन्दा ठुलो बागमती प्रदेशकाे

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्बको बजेट, सबैभन्दा ठुलो बागमती प्रदेशकाे

काठमाडाैं, २ असार । आगामी आर्थिक वर्षका लागि सातै प्रदेशले २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । असार १ गते शनिबार प्रदेश सभामा सातै प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन् ।

सात प्रदेशमध्ये बागमतीले सबैभन्दा ठुलो अर्थात ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ भने कर्णाली प्रदेशले सबैभन्दा सानो अर्थात ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि गण्डकी प्रदेशले ३२ अर्ब ९७ करोड, लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड, कोसी प्रदेशले ३५ अर्ब २७ करोड, सुदूरपश्चिम प्रदेशले आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड र मधेसले प्रदेशले  ४३ अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको हाे ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले असार १ गते बजेट प्रस्तुत गर्नै पर्छ ।यसअघि जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x