Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

श्रममन्त्री अर्यालले १०० दिनभित्र गरेका सुधारका कामहरू सार्वजनिक

श्रममन्त्री अर्यालले १०० दिनभित्र गरेका सुधारका कामहरू सार्वजनिक

काठमाडाैं, २ असाढ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले पद वहाली पश्चातकाे हालसम्म आफुले गरेका सुधारका कामहरू सार्वजनिक गरेका छन्।

उनले २०८० फागुन २३ गतेदेखि २०८१ जेठ ३१ गतेसम्म १०० दिन भित्र १ घण्टामै श्रम स्विकृति दिने व्यवस्था, श्रमाधान अभियान तथा राेजगार मेला, नीतिगत तथा कानूनी सुधार,  आन्तरीक राेजगारी प्रवर्द्धन, नेपालकाे श्रम व्यवस्थापन सुधारका लागि वार्ता लगायत विभिन्न सुधारका काम अघि बढाएकाे जानकारी दिएका छन् ।

यस्तै आगामी दिनमा पनि आन्तरिक रोजगारी सिर्जना, उत्पादन अभिवृद्धी, उद्यमशिलता विकास, स्वरोजगार प्रवद्र्धन र सीपयुक्त जनशक्ति उत्पादनमा केन्द्रीत रहने, वैदेशिक रोजगारीलाई थप उपलव्धी मुलक र सुरक्षीत तुल्याउन श्रम गन्तव्यको स्थानान्तरण गर्ने, विद्यमान कानूनी प्रावधान अनुसार २ वर्ष भित्र अनिवार्य रुपमा सीपयुक्त जनशक्ति सहित मासिक ५०० डलर भन्दा मुनीको रोजगारीमा नेपाली नागरिकलाई नपठाउने गरी आवश्यक प्रवन्ध मिलाउने गरी कार्यदिशा तय गरीएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x