Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

१७.०४ अंकले घट्याे नेप्से, ५ अर्ब ४७ करोडकाे काराेबार

१७.०४ अंकले घट्याे नेप्से, ५ अर्ब ४७ करोडकाे काराेबार

काठमाडाैं, २ असाढ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७ दशमलव ०४ अंकले घटेर दुई हजार ९५ दशमलब २५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १ कराेड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसदिन नेपाल फाइनान्स लिमिटेडकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ भने भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x