Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा १० वर्ष यताकै उच्च

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा १० वर्ष यताकै उच्च

काठमाडाैं, ६ असार । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ( नन पफर्मिङ लोन) १० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।जसले बैंक तथा वित्तीय कम्पनीहरु खराब कर्जाको उच्च जोखिममा परेका छन् ।

नेपाल राष्ट्र बैंककाअनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरुको एनपीएल समग्रमा ३.९८ प्रतिशत पुगेको छ । यो २०७१ असार यताको सबैभन्दा धेरै हो । यस अघि २०७१  बैंक तथा वित्तिय संस्थाहरूकाे एनपिएल ४.१० पुगेकाे थियाे  भने गत वर्ष यस्ताे कर्जा ३.७३ प्रतिशत थियाे ।  यसमा कोभिड महामारी र आर्थिक मन्दीलाई प्रमुख कारण मानिएकाे छ ।

हाल वाणिज्य बैंकहरुको खराब कर्जा ३.८९ प्रतिशत, विकास बैंकहरुको खराब कर्जा ३.६३ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा १०.४० प्रतिशत पुगेको छ । यसरी खराब कर्जा बढेसँगै बैंक वित्तिय संस्थाहरूकाे लाभांस पनि घट्ने अनुमान गरिएकाे छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x