Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

तीन दिनदेखि स्थिर रहेकाे सुनकाे मूल्य बिहिबार ताेलामा ६०० रूपैयाँले बढ्याे

तीन दिनदेखि स्थिर रहेकाे सुनकाे मूल्य बिहिबार ताेलामा ६०० रूपैयाँले बढ्याे

काठमाडाैं, ६ असार । बिहिबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँ निर्धारण भएकाे छ ।

विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x