एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट
काठमाडाैं, ६ असार । एनएमबि बैंक र विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजबीच आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएकाे छ ।
याे सम्झाैतासँगै एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ ।
यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् ।