हकप्रद शेयरको लागि एनसिसि बैैकले बुक क्लोज गर्दै

काठमाडौं, २४ असार । नेपाल क्रेडिट एण्ड कमर्स एनसिसि बैंकले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि बैंकले साउन १५ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ । साउन १४ गतेसम्म बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको २३ करोड ३९ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन र बिक्री प्रबन्धकमा बैंकले सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकको हाल चुक्ता पुँजी ४ अबै ६७ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी पछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । तोकिएको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले बोनस शेयर दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *