Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

तोकिएको चुक्ता पुँजी पुर्याउन समय थपिने

तोकिएको चुक्ता पुँजी पुर्याउन समय थपिने

काठमाडौं, २४ असार । वीमा समितिले संचालनमा रहेका वीमा कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउनका लागि समय थप गर्ने भएको छ । जसका लागि वीमा समितिले आगामी आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा वीमा कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिने भएको छ । यदि थप समयावधिसम्ममा पनि वीमा कम्पनीहरुले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेमा मार्जर गराउने बताइएको छ । उक्त कुरा वीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले बताएका हुन् । ‘निर्देशिकामा नै चुक्ता पुँजी पुर्याउनका लागि समय थपिने कुरा उल्लेख गर्छाै,’ उनले भने ।

वीमा कम्पनीहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन जारी भएको छ । समितिले निर्जीवन विमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ र जिवन वीमा कम्पनीहरुलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

अहिले मुलुकमा कुल जनसंख्याको १० प्रतिशतमा मात्रै वीमाको पहुँच रहेको समितिले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा वीमाको पहुँचलाई ११ प्रतिशत पुर्याउने लक्ष्य समितिले राखेको छ । ‘१० प्रतिशत जनसंख्या वीमाको पहुँचको रहेका छन्, चापागाईँले भने, आर्थिक वर्षको अन्त्यसम्ममा ११ प्रतिशत पुग्ने छ ।’

यता वीमाको पहुँचलाई विस्तार गर्न समितिले वीमा कम्पनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा जोड दिएको छ । जस अनुसार वीमा कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग बैकासुरेन्स सम्झौता समेत गरेका छन् । ‘वाणिज्य बैंकहरु ७५३ वटै स्थानिय तहमा पुग्छन, वीमाको पहुँच वृद्धि गर्न वीमा कम्पनीहरुलाई हामीले सहकार्य गर्न निर्देशन दिएका छौं,’ चापागाईँले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x