Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि, जेठसम्म कूल ४ खर्ब ४८ अर्ब संकलन

आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि, जेठसम्म कूल ४ खर्ब ४८ अर्ब संकलन

काठमाडाैं, ९ असार ।  चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो ।

गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको हाे ।

यता चालु आर्थिक वर्षको जेठ महिना मात्र विभागले ४१ अर्ब १९ करोड राजस्व संकलन गरेकाे छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो ।

आयकरबाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलन भएको छ । यस्तै स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजस्व उठेको छ । हालसम्म कूल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x