Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

‘बैंकहरूको खराब कर्जा ८ प्रतिशतसम्म पुग्छ’

‘बैंकहरूको खराब कर्जा ८ प्रतिशतसम्म पुग्छ’

काठमाडौं, ९ असार । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ८ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । काठमाडाैंमा आइतबार बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्ताे बताएका हुन् ।

केही प्राविधिक कारणका बिच गलत अभियानले पनि बैंकहरुको लगानी उठ्न नसकेको उनकाे भनाइ छ ।

‘बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार छ । ऋण तिर्दैनौँ तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गर्‍यो’ उनले भने ‘यसले गलत मनसाय बोकेका र ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरूलाई आत्मबल मिल्यो । कतै ऋण मिनाहा हुन्छ कि तिर्न पर्दैन कि भन्ने मनोभावले पनि काम गरेको देखिन्छ ।’

अर्कोतर्फ प्राविधिक कारण कोभिड १९ को महामारीले शिथिल अर्थतन्त्र उठाउन बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा अहिले अप्ठ्यारो परेको अध्यक्ष केसीकाे भनाइ छ ।

सोही अवसरमा अध्यक्ष केसीले हाल बैंक तथा वित्तीय संस्थाको ओैसत एनपीएल दर ४ प्रतिशत हाराहारी रहेकोमा अझ केही बढेर ७/८ प्रतिशतसम्म पुग्न सक्ने खतरा रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x