Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

आज एकैदिन ताेलामा २७ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

आज एकैदिन ताेलामा २७ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, ९ असार । आइतबार नेपाली बजारमा पुन सुचाँदीकाे मूल्यमा भारी गिरावट आएकाे छ । शुक्रबार ताेलामा ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन २ हजार ७ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएकाे छ ।

गत शुक्रबार छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ कायम भएकाे थियाे ।

यता आज  चाँदी पनि ताेलामा ४५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँ निर्धारण गरीएकाे छ । शुक्रबार चाँदी प्रतिताेला १८६५ रुपैयाँ काराेबार भएकाे थियाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x