Date

आइत, साउन ६, २०८१
Sun, July 21, 2024

ताेलामा ३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

ताेलामा ३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं, १० असार । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ताेलामा २७ सय रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ३०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएकाे छ ।

आइतबार छापावाल सुनकाे मूल्य  तोलाको १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुनकाे मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएकाे थियाे ।

यता आज  चाँदी पनि ताेलामा ५ रूपैयाँले घटेर १ हजार ८ सय २० रूपैयाँ निर्धारण गरीएकाे छ । हिजाे चाँदी प्रतिताेला १८१५ रुपैयाँ काराेबार भएकाे थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x