Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारणसभा असार ३१ गते हुँदै, १४ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारणसभा असार ३१ गते हुँदै,  १४ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं, १० असार । नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारण सभा असार ३१ गते साेमबार हुने भएकाे छ । आइतबार बसेकाे कोष सञ्चालक समितिको बैठकले साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा हुने तय गरेको हो।

कोषद्वारा सोमबार जारी सूचनामा सभामा आर्थिक वर्ष २०७९/८० को आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरिने उल्लेख छ। सभामा सञ्चालक समिति अध्यक्षले पेस गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफलपछि पारित हुनेछ।

चालु आवको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसै अवधिमा गत वर्ष कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो।

५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी रहेको कोषको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *