Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आगामी मौद्रिक नीति अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर जान्न: गभर्नर अधिकारी

आगामी मौद्रिक नीति अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर जान्न: गभर्नर अधिकारी

काठमाडाैं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा उनले राष्ट्र बैंकको सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधन गरिने बताएका हुन् ।

मुलुकको मुद्रास्फीति सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फीति उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक भएकाे गभर्नरकाे भनाइ छ। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर नजाने बताए।

यस्तै उनले पछिल्लो समय उद्योगी व्यवसायीहरूका सुझाव र मागहरू व्यक्तिगत समस्यालाई सामूहिक बनाउन खोजिएको बताए ।

उनले भने, ‘ बाह्य क्षेत्र सन्तुलनले पनि मौद्रिक नीतिलाई असर गर्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रेडिट्याबलिटी भन्दा बाहिर जाँदैनौँ । राष्ट्र बैंक प्रेडिक्टटेबल छौँ । हाम्रो पोलिसी एकदमै डाटा ड्रिभन हुन्छ । जुन आईएमफमको रिपोर्टमा पनि गरेको विषय हो । व्यवसायीहरूले व्यक्तिगत समस्यालाई जनरलाइज गरेको देख्छौँ । धेरै बैंकको ऋण लिएर समस्यामा परिएको छ । त्यसबाट कसरी बाहिर निस्कने र राज्य तथा राष्ट्र बैंकले केही सहयोग गरिदिन्छ की भन्ने आशा देखिन्छ । त्यो अन्तिम आशा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा ठोक्याउन खाजीको महसुस गर्छौँ।’

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x