Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

बैंक तथा वित्तीय क्षेत्र दबाब कम गर्न सबैको सहकार्य आवश्यकः सुनिल केसी

बैंक तथा वित्तीय क्षेत्र दबाब कम गर्न सबैको सहकार्य आवश्यकः सुनिल केसी

काठमाडाैं, ११ असार । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सेजनद्वारा आयोजित  पूर्व मौद्रिक नीति छलफलमा अध्यक्ष केसीले बैंकिङ क्षेत्र दवावमा रहेकाे भन्दै यो दबाब कम गर्न सबैको सहकार्य आवश्यक रहेकाे बताए ।

पछिल्लो समय बैंकको रिटर्न अन इक्विटी (आरओई) र वितरणयोग्य नाफा पनि घढ्दै गइरहेको उनकाे भनाइ छ ।यो अवस्थामा करोडौं नेपालीको निक्षेपलाई जोगाएर व्यवसाय गर्नु पर्ने चुनौती रहेको उनले बताए ।

उनले भने, ‘निर्माण क्षेत्र समस्या परेको छ, यो क्षेत्रले अर्थतन्त्र चलायमान गर्ने भएकाले त्यो क्षेत्रलाई सम्बोधन हुनेगरी मौद्रिक नीति आउनुपर्छ।’

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा राष्ट्र बैंकले नीतिगत व्यवस्थामार्फत् आफ्नो अब्बलता र कौशलता देखाएको जानकारी गराउँदै अझै पनि राष्ट्र बैंकले नीतिगत व्यवस्थामार्फत् बजार चलायमान बनाउनु पर्ने उनको धारणा छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x