Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पुर्ननिर्माणमा नौं महिने कार्यकाल उपलब्धी मुलक – भुसाल

पुर्ननिर्माणमा नौं महिने कार्यकाल उपलब्धी मुलक – भुसाल

काठमाडौ २५ असार ।   मन्त्रिपरिषद्को गत असार २० गतेको निर्णयअनुसार पदमुक्त भएका राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारले धन्यवाद समेत नदिएको भन्दै असन्तुष्टी पोखेका छन् । नौ महिना प्रधिकरणमा रहदा गरेका कामकारवाहीका सम्वन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भुसालले भने, ” मलाइ हटाउने सरकारको निर्णयले म दुखित छैन तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार दिएको पत्रमा नौ महिना काम गरेकामा धन्यवादसमेत कन्जुसायी गर्यो । आफ्नो नौ महिने कार्याकाल उपलब्धिमुलक रहेको भन्दै गएको नौ महिनाको अवधिमा महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनःनिर्माण भएको जानकारी गराए ।

“म प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आउनुअघिसम्म एक लाख ४७ हजार ६३५ घर पुनःनिर्माण शुरु भएका थिए, हाल पाँच लाख चार हजार ६२ पुगेको छ, पौने नौ महिनाको अवधिमा तीन लाख ५६ हजार ४२७ घर पुनःनिर्माण शुरु भएका छन्, यो मेरोमात्र प्रयासले भएको होइन प्राधिकरणका सबै कर्मचारीको यसमा सहयोग छ, मैले त संयोजन मात्र गरेको हुँ”–उनले भने ।

यसै गरी गएको नौ महिनाको अवधिमा एक हजार ३२९ शैक्षिक संस्था, ७२ सुरक्षा निकायका भवन, ३९१ स्वास्थ्य संस्था, १२२ सरकारी भवन, ५५ पुरातात्विक सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।

नौ महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनःनिर्माण भएका छन् । “म प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आउनुअघिसम्म एक लाख ४७ हजार ६३५ घर पुनःनिर्माण शुरु भएका थिए, हाल पाँच लाख चार हजार ६२ पुगेको छ, पौने नौ महिनाको अवधिमा तीन लाख ५६ हजार ४२७ घर पुनःनिर्माण शुरु भएका छन्, यो मेरोमात्र प्रयासले भएको होइन प्राधिकरणका सबै कर्मचारीको यसमा सहयोग छ, मैले त संयोजन मात्र गरेको हुँ”–उहाँले भन्नुभयो ।

नौ महिनाको अवधिमा एक हजार ३२९ शैक्षिक संस्था, ७२ सुरक्षा निकायका भवन, ३९१ स्वास्थ्य संस्था, १२२ सरकारी भवन, ५५ पुरातात्विक सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भई प्रबलीकरण सूचीमा यो अवधिमा २७ हजार ६३ घर प्रमाणित भई सूचीकृत भएका छन् ।

भुसाललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारद्धारा गत कात्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x